कला लम्सालले ल्याइन् ‘मायाको झल्को छ’ [भिडियोसहित]

लोकपथ
77
Shares

काठमाडौं । गायिका कला लम्सालले ‘मायाको झल्को छ’ बोलको गीत सार्वजनिक गरेकी छन् । कला लम्साल नामको युट्युब च्यानलमार्फत लम्सालले उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतमा बसन्त थापाको समेत स्वर रहेको छ । थापा लोकदोहोरी क्षेत्रका सफल संगीतकार तथा गायक हुन् । उनको संगीत रहेको सालको पातको टपरी सर्वाधिक हेरिने लोकदोहोरी गीतसमेत बनेको छ । गायिका लम्साल पनि लोकदोहोरी क्षेत्रमा चिनिएको अनुहार हो । ‘आन्टी लभर’ ‘बन्दीपुरे माइलो’, ‘जाम भो हिँड रेलैमा सरर’ लगायतका गीतले लम्साल पछिल्लो समय चर्चामा छिन् ।

हालै सार्वजनिक गीत ‘मायाको झल्को छ’ को शब्द/संगीत भने रमेश परियारले सिर्जना गरेका हुन् । एचबीएन किस्मतले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेको गीतलाई राज खड्काले रेकर्डिङ गरेका हुन् ।

गीतको भिडियोमा गम्भीर विष्ट र लम्सालको अभिनय रहेको छ । भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले छायाँकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?