फागुन २१ निर्वाचन : डडेल्धुराबाट देउवाको नाम एकल सिफारिस

लोकपथ
105
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनका लागि गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि पुनः कांग्रेस सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस भएको छ ।

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले देउवाको नाम एकल सिफारिस गरेको जिल्ला सभापति भीमबहादुर साउदले लोकपथलाई जानकारी दिए ।

‘जिल्ला कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवालाई एकल रुपमा उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेको छ,’ साउदले लोकपथसँग भने ।

त्यसो त देउवा डडेल्धुराबाट निरन्तर चुनाव जित्दै आइरहेका छन् । देउवा डडेल्धुराबाट ०४८ सालबाट निरन्तर निर्वाचित हुँदै ५ पटक देशको प्रधानमन्त्री बनिसकेका छन् ।

जेनजी आन्दोलनका क्रममा घाइते भएका भएका देउवा स्वास्थ्य लाभपछि पुनः गृहजिल्ला डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?