बागलुङ–२ मा नेपाली कांग्रेसबाट नरबहादुर पुनसहित १० जनाको नाम सिफारिस

लोकपथ
203
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं २ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस भएको छ ।

मंगलबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्षतर्फ १० जना आकांक्षीको नाम सिफारिस गरेको हो ।

बैठकले प्रत्येक्षमा १० जना, समानुपातिकमा चार जना र राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिस गरेको हो ।

दर्ता भएका नामहरु जिल्ला कार्यसमिति मार्फत केन्द्रीय समितिमा पठाइने क्षेत्रीय सभापति जोकलाल बुढामगरले जानकारी दिए ।

बुढामगरका अनुसार प्रत्यक्षतर्फ नरबहादुर पुन ‘निरज’, अर्जुन शेरचन, टेकराज पौडेल, मञ्जेशबम मल्ल, गीता श्रीष, धुव्र गौतम, डण्डापानी शर्मा, ऋषिराम कँडेल, डिलाराम शर्मा र देवेन्द्र कुमार घर्ति मगर रहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार, क्षेत्रीय समितिले आकांक्षीहरूलाई उम्मेदवारी दर्ताका लागि आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?