काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसबाट लगातार निर्वाचन जित्दै आएका सिंहको सो क्षेत्रमा यो पटक आचार्यको पनि नाम सिफारिस भएको हो ।
आचार्यले आफूलाई ‘जेनजीलाई पनि मिलाएर लाने र विकासप्रेमी युवा नेता’का रूपमा प्रस्तुत गर्दै प्रत्यक्षको टिकटमा दाबेदारी गरेका हुन् ।
कांग्रेस क्षेत्र नं.१ का सभापति रवीन्द्रविक्रम राणाका अनुसार प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका लागि नाम सिफारिस गरिएको छ ।
उता, काठमाडौंको क्षेत्र नम्बर १० मा लगातार तीन वटा चुनाव जितेका नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी भने अब चुनाव नलड्ने भएका छन् । प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामा अब चुनाव नलड्ने उनले बताएका छन् । पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भन्दै उनी चुनाव नलड्ने मनस्थितिमा पुगेका हुन् ।
पार्टीका पक्षमा मताधार र संगठन कमजोर रहेका बेला आफू पटक–पटक निर्वाचन लडेर जितेको बताएका उनले अब काठमाडौं १० मा पार्टीको मताधार र संगठन दुवै राम्रो भइसकेकोले जो उठे पनि सहज हुने पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया