रवि र छविको मुद्दाको सुनुवाई आज पनि नहुने, हेर्न नमिल्नेमा राखियो

लोकपथ
511
Shares

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र गोरखा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीको मुद्दा आज पनि सुनुवाइ नहुने भएको छ ।

यसअघि पनि पटकपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।

गत बिहीबार भने सार्वजनिक बिदा परेको कारण पेसी हुन सकेको थिएन । आजको लागि तोकिएको पेसी पनि हेर्न नमिल्ने भन्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले सारेको हो ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने र जोशीको मुद्दाको सुनुवाइ आज न्यायाधीशहरू तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलासमा तोकिएको थियो ।

सुनुवाइ तोकिएका न्यायाधीश सागर विष्ट र लामिछाने र जोशीतर्फका न्यायाधीश शालिकराम पौडेल यसअघि एकै ठाउँ काम गरेको र चिनजानका व्यक्ति भएको भन्दै पेसी सारिएको कुँवरले जानकारी दिए ।

त्यसो त रुपन्देही जिल्ला अदालतले लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गरे पनि उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?