१ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
154
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजार रुपैयाँले बढेको हो । 

बुधबार प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

बिहीबार चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । 

बुधबार प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?