देशका अधिकांश भागमा आज मौसम सफा रहने

लोकपथ
21
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकामा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बिच रहने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?