एमाले महाधिवेशन तयारीको अन्तिम समीक्षा बैठक आज

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ बजे बस्दैछ । 

महाधिवेशन आउन दुई दिन बाँकी रहँदा हालसम्मका तयारी र आगामी कामको समीक्षा बैठकमा गरिने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार बैठकमा मुख्य रूपमा जनपरिचालन तयारीको रिपोर्टिङ उपमहासचिव प्रदिप ज्ञवालीले गर्नेछन् । साथै, अन्य समितिहरूले जनसभा व्यापक बनाउन थप कार्यकर्ता परिचालन सम्बन्धी सुझावहरू प्रस्तुत गर्नेछन् ।

मूल व्यवस्थापन समितिको संयोजक महासचिव शंकर पोखरेल र सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् । बैठकमा १४ वटै समितिका संयोजकहरूले आफ्नो तयारीको जानकारी दिनेछन् र महासचिव पोखरेलले सबै समितिलाई आफ्नो भूमिका प्रभावकारी बनाउन निर्देशन दिनेछन् ।

त्यसैगरी, महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपसम्बन्धी जानकारी पनि बैठकमा प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?