काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र भएको हिमाली जिल्ला रसुवाबाट नेपाली कांग्रेसका तर्फबाट ईञ्जिनियर मोहन आचार्यको नाम चयन भएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाको बैठकले कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद आचार्यको एकल नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी सभापति पेम्बा छिरिङ तामाङले जानकारी दिए ।
ई. मोहन आचार्य यस अघि पनि लगातार दुई पटक रसुवाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई सकेका छन् ।
यसैगरी बैठकले समानुपातिकतर्फ पेम्बाछिरिङ तामाङ, सार्किबुट्टी तामाङ र राष्ट्रिय सभा सदस्य तर्फ जनक जीवन उपाध्यायलाई सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया