काठमाडौं । आगामी फागुन २१ को निर्वाचनका लागि पाल्पाबाट नेपाली कांग्रेसका तर्फबाट सन्दीप रानालाई उम्मेदवारका रुपमा अघि सार्ने भएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्रीय कार्यसमितिको बैठकले रानालाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति झमनराज रानाको अध्यक्षतामा जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ, पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेसका विभित्र तहमा रहेका नेताहरुको उपस्थितिमा बैठकले रामपुर नगरपालिका ७ निवासी रानाको नाम एकल सिफारिस गरेको हो ।
राना नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य , महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया