बहुविवाह कसुरमा प्रहरीका डीएसपी पक्राउ

लोकपथ
700
Shares

काठमाडौं ।  बहुविवाह कसुरमा नेपाल प्रहरीका एक जना  नायब उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत डीएसपी मधु नेपाल पक्राउ परेका हुन् । उनलाई पूर्वपत्नीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । 

डीएसपी नेपाललाई थुनामा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनी पक्राउ परेलगत्तै निलम्बनको प्रक्रिया अघि बढेको छ ।

नेपालको जेठी श्रीमतीबाट एउटा छोरी र कान्छीबाट दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?