काठमाडौं । भन्सार एजेन्ट महासंघले पेनडाउन आन्दोलन फिर्ता लिने घोषणा गरेको छ । महासंले राखेका प्रमुख मागहरु सम्बोधन हुने सहमति बनेपछि आन्दोलन रोक्ने निर्णय गरिएको हो ।
भन्सार विभाग र भन्सार एजेन्ट महासंघ नेपालबिच मंसिर २३ गते भएको छलफल सकारात्मक बनेपछि महासंघले देशभरका भन्सार कार्यालयमा जारी विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष प्राचीन कुमार थैबका अनुसार विभागले महासंघका माग सम्बोधन गर्ने सहमति जनाएपछि पेन डाउन कार्यक्रम फिर्ता लिइएको हो ।
उनले आन्दोलनमा साथ दिने उद्योग व्यवसायी संघ संस्था, महासंघमा आबद्ध भन्सार एजेन्ट संघ तथा सम्पूर्ण भन्सार एजेन्टहरूलाई आभार व्यक्त गरे ।
माघ २३ देखि सुरु भएको पेन डाउनका कारण भन्सार प्रक्रियामा अवरोध भएको थियो । छलफल सफल भएपछि भन्सार कार्यालयहरूमा नियमित कार्य सुचारु भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया