जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

लोकपथ
210
Shares

कास्की । जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका–५ स्थित तमु समाजको भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–५ मालेपाटन बस्ने ५९ वर्षीय कुल प्रसाद गुरुङसहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ८ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?