संक्रमणकालीन न्यायलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक : अध्यक्ष मगर

लोकपथ
42
Shares

काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउनु आवश्यक भएको बताएका छन् । 

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले दश वर्षे सशस्त्र द्वन्द्वका समयमा भएका मानव अधिकार उल्लङ्घनका पीडितहरूको न्याय र परिपूरण सबैको साझा जिम्मेवारी भएको बताए ।

अध्यक्ष मगरका अनुसार नेपालमा मानव अधिकारको अवस्था सुधार्न संक्रमणकालीन न्यायको विषयलाई अलग गरेर हेर्न मिल्दैन । उनले भने, ‘दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूको न्याय र परिपूरण हाम्रो साझा सरोकार र जिम्मेवारीको विषय हो। संक्रमणकालीन न्यायलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउनु आवश्यक छ ।’

उनले आयोगले गरेका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्न नसक्ने र उल्लङ्घनमा संलग्नलाई कानुनको दायरामा ल्याउन नसक्दा दण्डहीनताले प्रश्रय पाएको बताए  । उनले कानुनी शासनको प्रत्याभूति नहुँदा लोकतन्त्र र मानव अधिकारको अवस्था पनि सुदृढ हुन नसक्ने जिकिर गरे ।

अध्यक्ष मगरले मानव अधिकारको संरक्षणका लागि सरकारले आयोगका सिफारिसहरू कार्यान्वयनमा तत्काल कदम चाल्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?