मानव अधिकार दिवसको अवसरमा जनकपुरमा नेपाल बारको प्रभातफेरी

लोकपथ
42
Shares

काठमाडौं । मानव अधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएशनले जनकपुरधाममा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । 

मानव अधिकारः सुशासन र न्यायको आधार भन्ने नारासहित जनकपुरधाममा बुधवार बिहान प्रभातफेरी गरेको हो । बारले आजबाट मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी-२०८२ तथा ५१औँ केन्द्रीय कार्यकारिणी परिषद्को बैठक समेत सुरु गरेको छ । 

प्रभातफेरी कार्यक्रममा उपस्थित कानुनकर्मीहरूले सुशासन कायम गर, लोकतन्त्रको जग सबल बनाउ, नागरिक अधिकारको संरक्षण गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

प्रभातफेरी कार्यक्रमपछि बोल्दै बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले हरेक वर्ष आफूहरूले मानव अधिकार दिवस मनाउँदै आएको र यस वर्ष भने जनकपुरधाममा मनाउन लागिएको बताए ।  

वर्षभरका मानव अधिकारका गतिविधिबारे बहस र छलफल हुने जानकारी दिए । छलफलपछि बारले जनकपुरधाम घोषणापत्र जारी गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?