‘एमालेमा ओलीको विकल्प कल्पना पनि गर्न सकिन्न’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको बताएका हुन् ।

सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको तर्क गरे।

उनले भने, ‘हाम्रो बहस यतिखेर कहाँ केन्द्रित हुनुपर्छ भने नेपालको भावी भविष्यलाई हामी कसरी अगाडि बढाउन सक्छौँ ? र, महाधिवेशनले निर्धारण गर्ने भनेको भोलीको नेपालको भविष्य त्यो पनि समृद्ध नेपाल, सुखी नेपाली भनेका छौँ। त्यो समाजजवादतिर जाने बाटो हो । यसलाई मानिसहरुले विभिन्न अर्थबाट लिन्छन् । र यसलाई विकाससँग मात्रै जोड्छन् ।, विकसित मुलुकलाई हेर्‍यो भने के पाउनुहुन्छ भन्दा त्यहाँ समृद्धि त छ । तर सबै जनता सुखी छैनन । त्यो भएर हाम्रो पार्टीले विशेष गरी के भन्यो भने समृद्ध नेपाल, सुखी नेपाली । त्यो उत्पादनसँग जोडिएको छ । त्यो विचारसँग जोडिएको छ । त्यो नीति भनेको समाजवादउन्मुख नीति हो । त्यो भएर यो चिजलाई केन्द्रित गरेर हामी अहिलेको यो एघारौ महाधिवेशनले नेतृत्वमा जसरी केन्द्रिकरण गर्छ । त्यो पनि केपी कमरेडकै नेतृत्वमा केन्द्रिकृत भएर हामी जानुपर्छ । गोलबन्द भएर जानुपर्छ । र, हामी जति सुदृढ र एकता हुन्छौँ, त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छ । र, हाम्रो राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता, त्यो बलियो हुन्छ । बाह्य हस्तक्षेपलाई हामी परास्त गर्नसक्छौँ । यो अहिलेको महाधिवेशन यसैमा केन्द्रित भएर जानुपर्छ ।’

सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसारनै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?