काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार आरोपी नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश आएको छ ।
विशेष अदालतले निलम्बित महानिर्देशक अधिकारीलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । त्यसो त अधिकारी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् ।
त्यस्तै विशेष अदालतले सोही मुद्दाका अर्का प्रतिवादी प्राधिकरणका पूर्व निर्देशक मुरारी भण्डारीलाई एक लाख धरौटीमा छाड्न समेत आदेश दिएको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र सुदर्शनदेव भट्टको संयुक्त इजलासले थुनछेक बहसपछि अधिकारी र भण्डारीलाई छाड्न आदेश दिएको हो ।
त्यसो त अख्तियारले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको आरोपसहित ५ पूर्वमन्त्री, उच्च पदस्थ कर्मचारीसहित ५५ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।
विशेष अदालतले धरौटीमा छाड्न आदेश दिए पनि अधिकारी भने थुनामा नै रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया