नाङ्लोको बेकरी पनि गुणस्तरहीन, विभागले गर्‍यो कारबाही

लोकपथ
84
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुरस्थित नाङ्लो बेकरी प्रालिद्वारा उत्पादन गरिएको क्रोइसन्ट गुणस्तरहीन रहेको जनाएको छ ।

क्रोइसन्टमा गम्भीर गुणस्तरीय त्रुटी रहेको भन्दै विभागले बजारबाट तत्काल फिर्ता गर्न भनेको छ ।

विभागले बजार अनुगमनको क्रममा संकलन गरिएको नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उक्त उत्पादनमा ओक्सिडाइज ट्रान्स फ्याटको मात्रा स्वीकृत सीमा (२ प्रतिशत) भन्दा बढी पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०५७ अनुसार यस्तो मात्रा मापदण्ड विपरीत भएकोले उक्त उत्पादनलाई गुणस्तरहीन र उपभोगका लागि अयोग्य ठहर गरिएको विभागले जनाएको छ ।

ब्याच नं १ रहेको क्रोइसन्टको उत्पादन मिति क्रोइसन्ट उत्पादन मिति २०२५–१२–०३ र समाप्ति मिति २०२५–१२–१० रहेको खाद्य पदार्थ बजारबाट फिर्ता मगाउन भनेको हो ।

विभागले उक्त उत्पादनको बिक्री तथा वितरण तत्काल बन्द गर्न निर्देशन दिँदै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ । साथै, सम्बन्धित कम्पनीलाई भविष्यमा उत्पादन प्रक्रिया तथा गुणस्तर मापदण्डमा विशेष ध्यान दिन निर्देशन दिएको छ ।

केही दिनअघि विभागले खजुरीको फप उद्योगमा समेत छापा मारेको थियो । खजुरीको पफ समेत कम गुणस्तरीय रहेको भन्दै बजारबाट फिर्ता बोलाउन भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?