प्रधानमन्त्री कार्कीसँग सुदन गुरुङको भेट, के भयो कुराकानी ?

लोकपथ
0
Shares

काठमाडौं । जेनजी अगुवा सुदन गुरुङसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ ।

मंगलबार दिउँसो सुदनसहितको टोली प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदबार पुगेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका थिए ।

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?