काठमाडौं । आगामी फागुन २१ को निर्वाचनका लागि रोल्पाबाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित ५ जनाको नाम सिफारिस भएको छ ।
जिल्ला कार्यसमितिको आइतबार बसेको बैठकले ४ जनाको नाम सिफारिस गरेको कांग्रेस नेता मनोजमणी आचार्यले लोकपथलाई जानकारी दिए ।
आचार्यका अनुसार पहिलो उनीसहित महामन्त्री गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस भएको हो ।
‘जिल्ला कार्यसमितिको बैठकले महामन्त्री गगन थापा, म (मनोजमणी आचार्य), अमरसिंह पुन, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएको छ,’ आचार्यले लोकपथसँग भने ।
नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया