रोयल इनफिल्डको ‘हन्टर ३५०’को नयाँ मोडेल बजारमा, कति छ मूल्य ?

लोकपथ
224
Shares

काठमाडौं । बुलेट मोटरसाइकलको नामले परिचित रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सोमबार रोयल इन्फिल्डले सबैलाई प्रेरित गर्ने रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइनसहित बीएस भीआई हन्टर ३५० को २०२५ को नयाँ मोडल काठमाडौंमा सार्वजनिक गरेको हो ।

नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोक्यो ब्ल्याक, लण्डन रेड र ग्राफाइट ग्रे गरी ४ ‘स्ट्रीट–इन्स्पायर्ड’ रङ उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचानसम्बन्धी प्रतीकहरुबाट सिर्जित अवधारणामा आधारित रहेका छन् । साथै रियो ह्वाइट तट, लण्डनका राताका ‘ब्रिक लेन’ र टोक्योका रातो–कालो शहरी सडकका ग्राफाइट ग्रेले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने दाबी गरिएको छ ।

हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे सेरिज इन्जिनले शहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने दाबी गरिएको छ । सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेल हालसम्म ७ लाख भन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलरिया युवा पुस्ताको उर्जा र शहरी गतिलाई ध्यानमा राखेर नयाँ हन्टर ३५० बजारमा ल्याएको बताउँछन् ।
‘नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको छ । युवा पुस्ताको उर्जा र शहरी गतिलाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौँ । यो नेपालमा जीवन्त शहरी सडकका लागि पूर्णत उपयुक्त मोडल हो,’ उनले भने ।

कम्पनीका अनुसार हन्टर ३५० को मूल्य २ प्रकारका रहेका छन् । सिंगल टोनको रियो ह्वाइट, डप्पर ग्रे र ग्राफाइट ग्रेको मूल्य ४ लाख ९४ हजार ९ सय रहेको छ भने डीउल टोन अन्तर्गत टोक्यो ब्ल्याक, लण्डन रेड र रेबल ब्ल्यूको मूल्य ४ लाख ९९ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै नयाँ भेरियन्ट रोयल इनफिल्डको देशभरको शोरुममा बुकिङ र टेस्ट राइड खुला रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?