काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीले पूर्ण राजतन्त्रको पक्षमा वकालत नगरेको स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौंमा पार्टीले आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राप्रपाले सबैले एकताको प्रतीक मान्नसक्ने पृथ्वीनारायण शाहको वंशजलाई लोकतन्त्रको परिधिभित्र स्थान दिनुपर्ने माग गरेका छन् ।
मिश्रले राजसंस्था राजनीति भन्दा माथि रहने संस्था भएको उल्लेख गर्दै सबै जातजाति, भाषाभाषी, धर्म तथा संस्कृतिका मानिसले मान्ने संस्था भनेको राजसंस्था नै भएको बताए ।
उनले आधुनिक शक्तिको प्रतीकको रूपमा राजनीतिक दलहरू रहनुपर्नेमा जोड दिए र राजनीतिक दलहरूले राज्य क्षयीकृत हुने गरी गलत कदम चाल्दै आएको आरोप लगाए ।
उनले जनसभामा भने, “अब हामीले राजनीति भन्दा माथि, देशका सबै जातजाति, भाषाभाषी, धर्म तथा संस्कृतिका मानिसहरूले एकताको प्रतीक मान्न सक्ने पृथ्वीनारायण शाहको वंशज राजसंस्थालाई पुनःस्थापित गर्नैपर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण राजतन्त्रको माग गरेको होइन, यो कुरा बुझ्नुपर्छ। हामीले लोकतन्त्रको फ्रेमवर्धकभित्र राजसंस्थालाई स्थान दिनुपर्छ। राजनीतिक दलहरूले हजारौँ गल्ती गरेका छन्। राष्ट्र, राज्य नै क्षयीकृत हुने गरी गल्ती गरेका छन् ।’
मिश्रले सबैलाई समेट्ने ठुलो हृदय भएको सरकार बनाउनुपर्ने आवश्यकता रहेको पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया