काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरुको भर्चुअल बैठक बोलाएका छन् ।
कार्यवाहक सभापति खड्काले बुधबार बिहानको लागि बैठक बोलाएका हुन् । उक्त बैठकमा कार्यवाहक सभापति खड्कासहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समेत उपस्थित रहनेछन् ।
आगामी १५आँै महाधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
भोलिको भर्चुअल बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणबारे भइरहेका कामकाज, राष्ट्रिय सभा र प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिसलगायत विभिन्न विषयमा कार्यवाहक सभापति र दुवै महामन्त्रीहरूले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेका हुन् ।
नेपाली कांग्रेसले आगामी पुस २६ गतेदेखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्दैछ । छोटो समयका बाबजुत महाधिवेशन गर्न लागेको कांग्रेसले कामको तिव्रता दिन भर्चुअल संवाद गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया