ज्ञानेन्द्रसहितको फोटोलिएर सडकमा निस्कियो राप्रपा [तस्बिरहरु]

लोकपथ
112
Shares

काठमाडौं। राजा, राजनीतिक दल र जेनजीबीच नयाँ राजनीतिक समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

राप्रपाका नेता तथा कार्यकर्ताले विभिन्न स्थानबाट जुलुससहित रत्नपार्क क्षेत्रमा प्रवेश गर्दै प्रदर्शनलाई जनसभाको रूप दिएका छन् । सहभागीहरूले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहको तस्बिर अंकित प्लेकार्ड बोकेका थिए ।

जनसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

पार्टीले राजसंस्थाको भूमिकाबारे पुनर्विचार, राजनीतिक सहकार्यको नयाँ मोडेल र जेनजीबीच समझदारी आवश्यक रहेको भन्दै यसका लागि जनदबाब सिर्जना गर्न प्रदर्शन गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?