भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस : माइतीघर मण्डलामा प्रदर्शन

लोकपथ
77
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघीय भ्रष्टाचारविरुद्धको महासन्धि पारित भएको २२औँ वार्षिकोत्सवका अवसरमा देशभर ‘अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवस’ मनाइएको छ । 

यसै क्रममा काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिएको हो । 

प्रदर्शनमा विभिन्न नागरिक समाज, सुशासन तथा भ्रष्टाचार विरोधी अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रदर्शनकारीहरूले ‘भ्रष्टाचार मुर्दावाद’, ‘सुशासन जिन्दावा’, ‘भ्रष्टाचारको अन्त्य गर’ जस्ता नारा लगाउँदै प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण रूपमा विरोध जनाएका छन् । भ्रष्टाचारविरुद्धको यो दिवस हरेक वर्ष डिसेम्बर ९ मा विश्वभर मनाइन्छ । 

नेपालले सन् २००३ मा पारित उक्त महासन्धिलाई २०११ मा अनुमोदन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?