काठमाडौं । स्पेनी टापु टेनेरिफमा शक्तिशाली छालले समुन्द्रमा बगाएर चार जनाको मृत्यु भएको छ ।
अर्का एक जना बेपत्ता छन् । टापुको दक्षिणी तटमा रहेको लस गिगान्टेस भनेर चिनिने क्षेत्रमा रहेको प्राकृतिक चट्टानी स्विमिङ पुलमा यो घटना भएको हो ।
उक्त क्षेत्रमा ठुलो छालले धेरै मानिसहरूलाई समुन्द्रमा बगाएको थियो । तीन जनाको मृत्यु भएको पुष्टि भएको आपत्कालीन सेवाहरूले बताएका छन् ।
उनीहरूलाई ३५ वर्षीय पुरुष, ५५ वर्षीया महिला र अर्को एक जना अपुष्ट उमेरका पुरुषको रूपमा पहिचान गरेको छ । पाँचौँ व्यक्ति अझै पनि खोजी कार्य जारी रहेको अवस्थामा बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया