काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ ।
काठमाडौंको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ ।
राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया