सर्वोच्चको आदेशपछि हितेन्द्र– ‘न्यायालयको निर्णयले राहत महसुस भएको छ’

लोकपथ
336
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्य सर्वोच्च अदालतको आदेशसँगै पुनः बहाल भएका छन् । पुनर्बहालीपछि शाक्यले न्यायालयको निर्णयलाई ‘न्यायको जीत’ भन्दै खुसी व्यक्त गरेका छन् ।

सरकारको निर्णयले आफू आहत भएको बेला अदालतले दिएको राहतले आत्मविश्वास बढेको शाक्यको भनाइ छ । उनले भने, ‘न्यायालयको निर्णयले राहत महसुस भएको छ ।’  देश, जनता र प्राधिकरणको हितका लागि आफूले निरन्तर प्रतिबद्धतापूर्वक काम गर्ने समेत उनले दोहोर्‍याए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यको पक्षमा परमादेश जारी गर्दै उनलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनःस्थापित गर्न आदेश दिएको हो ।

गत असोज ५ गते सरकारले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध शाक्य सर्वोच्चमा गएर रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?