सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

लोकपथ
112
Shares

काठमाडौं । सरकारले आ.व. २०८२/०८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताए ।  

उनकाअनुसार उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको छ । 

२०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा जलेर मृत्यु भएका पत्रकार स्व. सुरेश रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ । 

२०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ । 

सरकारले इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी, बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पर्वत, मोरङ,सुनसरीका ९४ हजार ५ सय २७ गरिब परिवारको सूचि स्वीकृत गर्ने निर्णय गरेको छ । 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । सरकारले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरेको छ । 

जेनजी घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता खरेलले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?