नेपालमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक हुँदै

काठमाडौं, २२ कात्तिक । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ भब्य समारोह विच कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजना गरिने उक्त समारोहमा हाल चर्चाको शिखरमा रहेका नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता हुने निश्चित भएको छ । कार्यक्रममा नेपाल आइडलको उपस्थितीका बारेमा कम्पनीले आफ्नो आधिकारिक सामाजिन सञ्जाल मार्फत जानकारी दिएको हो । आधिकारिक फेसबुक पेज मार्फत नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो पोष्ट गर्दै कम्पनीले मिति तथा तिनको उपस्थितीका बारेमा जानकारी दिएको हो नेपाल आइडलका उत्कृष्ट तीनको सन्देश सहितको उक्त भिडियो मार्फत कम्पनीले सामाजिक सञ्जालमा लाइक तथा सेयर क्याम्पेनको पनि घोषणा गरेको छ । उक्त भिडियो लाइक तथा सेयर गर्ने मध्यबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफफाइभ सार्वजनिक गर्ने समारोहमा सहभागी हुने तथा आकर्षक उपहार जित्ने अवसर समेत प्रदान गर्ने जानकारी दिएको छ । उक्त क्याम्पेन नोवेम्बर ८ देखि १२ सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?