काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरुको नामावली जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा टाँस्न परिपत्र भएको छ ।
आइतबार गृहमन्त्रीस्तरीय निर्णय अनुसार सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा शहीदहरुको नामावली ३ दिनभित्र राख्न परिपत्र गरिएको हो ।
त्यसो त यसअघि नै जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय सरकारले गरिसकेको छ । जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको भए पनि बाँकी भने अन्य कारणले मृत्यु भएको हुनसक्ने भन्दै सरकारले ४५ जनालाई मात्रै शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रालयका अनुसार शहीदहरुको नाम ‘जेनजी सुशासन योद्धा’ को रुपमा जिल्ला प्रशासन कार्यलय र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा टाँसिनेछ ।
यस्तो छ परिपत्र :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया