ओलीले नेतृत्वबाट बिदा नलिए सिँगो पार्टी र कम्युनिष्ट आन्दोलन समाप्त हुनेछ : कर्ण थापा

लोकपथ
175
Shares

काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताएका छन् ।

नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले देश, जनता र पार्टीका सर्मथक, सुवेच्छुकहरुको भावना बुझेर नेतृत्वबाट विदा लिनुपर्ने बताए ।

ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उनको दाबी गर्दै नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताको बीचमा स्थापित गर्न सकिने उनले बताए ।

ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उनको आरोप रहेको छ ।

उनले भने, ‘११ औँ राष्ट्रिय महाधिवेशनमा स्वस्थ हुनुपर्छ, प्रतिष्पर्धा । प्रतिस्पर्धा गर्नुभन्दा अगाडी, प्रतिष्पर्धाको पक्षमा त छौँ छौँ तर अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले हामी सबैको भावना बुझेर देशको भावना बुझेर, हाम्रा सर्मथक, सुभेच्छुकहरुको भावना बुझेर उहाँले बिदा लिनुपर्छ । उहाँ बिदा हुनुभो भनेपछि उहाँको सम्मान बढ्नेछ । उहाँले गर्नुभएको योगदानलाई पनि हामी फेरि पनि जनताको बीचमा स्थापित गर्न सक्नेछौँ । होईन भने सिंगै पार्टी र आन्दोलन उहाँको व्यक्तिगत चाहना र ईच्छामा समाप्त गर्ने दिशातर्फ जाँदैछ । यसलाई जोगाउनपर्छ भनेर व्यापक रुपमा अहिले ठूलो आवाज उठेको छ ।’

उनले केपी ओलीको सान्दर्भिकता अब पार्टीमा सक्किएको दोहोर्‍याए । केही भजनमण्डलीहरु तयार पारेर आफूबाहेक अरु कोही सक्षम छैन भन्ने प्रचार नगर्न पनि उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?