काठमाडौं । बढुवा सिफारिस समितिले सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले सहसचिवहरू राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम सिफारिस गरेको हो ।
सहसचिव पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा प्रवक्ताको रूपमा, भट्टराई वैदेशिक रोजगार विभागमा महानिर्देशकको रूपमा र घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छन् । वरिष्ठताका आधारमा सचिव बढुवा हुने भएकाले पौडेलको सम्भावना प्रबल रहेको स्रोतको भनाइ छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया