ओलीलाई पाण्डेको प्रश्न– ‘तपाईँ नेतृत्वमै भएका बेला देश र पार्टी कमजोर भयो, अझै नेतृत्व नछाड्ने ?’

लोकपथ
133
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई सौहार्दपूर्ण ढंगले नेतृत्व छाड्न आग्रह गरेका छन् ।

जेनजी आन्दोलनपछि पार्टीले नयाँ नेतृत्व खोजिरहेको भन्दै पूर्वमन्त्री समेत रहेका पाण्डेले नेतृत्व छाड्न भनेका हुन् ।

सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको पदाधिकारीहरुको भेलामा बोल्दै उनले पार्टी जितेको बेलामा पनि नेतृत्व नछाड्ने र हारेको बेलामा पनि नेतृत्व छाड्न नचाहेको बताए ।

उनले भदौ २२ गते र त्यसअघि आफू शक्तिमा रहेको अवस्थामा नेतृत्व छाड्न नचाहेको र अहिले हारेको बेला पनि आत्मसमीक्षासहित नेतृत्व छाड्न नखोजेको टिप्पणी गरे ।

‘पार्टी जित्दा पनि नछाड्ने, अनि हारिरहेको अवस्थामा पनि नछाड्ने ? त्यसो भए छाड्ने कहिले त,’ प्रश्न गर्दै उनले भने, ‘उहाँ (केपी ओली) भदौ २२ गते गोदावरीमा बढो गज्जबसँग सोध्नुभयो, कोही छ भनेर । त्यो बेला त उहाँ जितिरहेको अवस्थामा हुनुहुन्थ्यो नि त्यो बेला पनि छाड्नुभएन, जितेको बेला कसैले नेतृत्व छाड्छ ? अनि अहिले उहाँकै कमीकमजोरीका कारण यस्तो भएको छ । यस्तो हारेको बेला पनि छाड्न तयार हुनुहुन्न भनेपछि छाड्ने चाँही कहिले । त्यसकारण अब नै छाड्न उपयुक्त हुन्छ ।’

त्यस्तै आफ्नो समूह भित्र नेतृत्वका लागि कुनै पनि विवाद नरहेको समेत स्पष्ट पारे । आफूहरु पार्टीभित्र एक रहेको र यदी गलत लान्छाना अध्यक्ष ओलीमाथि कसैले लगाउन खोजेमा पुनः एक भएर लड्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?