आज के भयो सुनचाँदीको मूल्य ?

लोकपथ
168
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आइतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ । आईतवार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?