काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहितका व्यक्तिहरुमाथि अनुसन्धानका लागि तेस्रोपटक म्याद थप भएको छ ।
उच्च अदालत पाटनले सीईओ शेरचनसहित डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको हो ।
आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय कविप्रसाद न्यौपाने र खड्कबहादुर केसीको संयुक्त इजलासले म्याद थपको अनुमति दिएको हो ।
केही दिनअघि बैंकिङ कसुर मुद्दामा प्रभुका सीईओ शेरचनसहितका व्यक्तिहरु प्रक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया