पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : यी हुन् ५५ प्रतिवादी [पूर्णपाठ]

लोकपथ
266
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, डा. रामशरण महत र स्वर्गीय पोस्टबहादुर बोगटीलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो । जसमध्ये पूर्वमन्त्री बोगटीको निधन भइसकेको छ भने डा. महत अस्वस्थ छन् ।

अख्तियारले ८ अर्ब ३६ करोड ३३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?