काठमाडौं । विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाएकी छन् ।
संसद सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उनले खर्च कटौती गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताइन् ।
उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौती गरेर गल्ती गरेको बताइन् । उनले संसद सचिवालयका कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, तालिमलगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
उपसभामुख रानाले भनिन्, ‘अहिलेको सरकारले लोकप्रीय हुने नाममा खर्च कटौती भनेर के के कटौती गर्यो । त्यो कुरा सरकारलाई थाहा छ, खर्च कटौती गरेर देश बन्दैन । खर्च करप्सन भएको ठाउँमा कटाउने हो । जहाँ चुहावट छ, त्यहाँ बन्द गर्ने हो । जहाँ काम भईरहेको छ, त्यहाँ कामै रोकियो भने के गर्ने ? काम कसरी हुन्छ, देश कसरी बन्छ ? खर्च कटाएर, पैसा कटाएर हुँदैन । यहाँ संसद सचिवालयका कर्मचारीहरुलाई याक्टिभ गराउनुपर्यो । ट्रेनिङ दिनुपर्यो । मैले सुन्छु– सेमिनर गर्न नपाउने रे होटलमा, यो गर्न नपाउने रे ।’
उपसभामुख रानाले सरकारले व्यवस्थापिकालाई निचोर्ने काम मात्रै गरिरहेको आफूलाई अनुभूति हुने गरेको समेत बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया