काठमाडौं । टाटा मोटर्सले ईभी गाडीका लागि फ्री लेबर चार्जदेखि भारी छुटमा पार्टपूर्जा उपलब्ध गराउने योजना ल्याएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाका ईभी गाडी प्रयोगकर्ताको लागि यो छुटको योजना ल्याएको हो ।
टाटाले आफ्ना ईभी प्रयोगकर्तालाई लक्षित गरी ‘विन्टर ईभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ सुरु गरेको हो । जाडो मौसममा ईभी गाडीको प्रदर्शन, सुरक्षा र दक्षता बढाउने उद्देश्यसहित आयोजना गरिएको विशेष क्याम्प माघ ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

टाटाका अनुसार क्याम्पमा सहभागी हुने ईभी ग्राहकले विभिन्न सेवाहरू निःशुल्कसमेत पाउनेछन् । क्याम्पमा सहभागी सवारीसाधनले निःशुल्क लेबर चार्ज, टप-वासिङ, कम्प्युटर डायग्नोसिस, ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेक जाँच तथा १०-प्वाइन्ट फुल चेकअपको सेवा निशुल्करुपमा प्राप्त गर्नेछन् ।
कार्यक्रमको उद्घाटन गर्दै टाटाका जनरल म्यानेजर शावन्तजंग सिजापतीले भने, ‘अहिलेको प्राथमिकतामा नेक्स वान प्राइम र नेक्स वान म्याक्सका ग्राहकहरूलाई बढी ध्यानमा राखेका छौँ । अहिले ३ हजार ५ सयभन्दा बढी टाटाका गाडी बजारमा छन् । यो विन्टर क्याम्पमार्फत हामीले ६ सय ग्राहकलाई सेवा दिने लक्ष्य राखेका छौँ ।’
यसका साथै, जाडो मौसममा आवश्यक पर्ने ‘स्पेयर पार्टस्’ र ‘ल्युब्रिकेन्ट्स’ मा १८ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएकाले ग्राहकका लागि किफायती र सहज हुने कम्पनीले दाबी गरेको छ । क्याम्पले ग्राहक सन्तुष्टि बढाउने मात्र नभई ईभीको दीर्घकालीन प्रदर्शनमा समेत सकारात्मक प्रभाव पार्ने कम्पनीले दाबी गरेको छ ।

सिप्रदी ट्रेडिङका सर्भिस हेड कुमार भन्डारीका अनुसार क्याम्पमा सहभागी हुने ग्राहकले सबै प्रकारका परीक्षण र आवश्यक सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् । साथै पहिले न्यून क्षमताका ब्याट्री प्रयोग भएका गाडीमा समेत अहिले ठुलो क्षमताको ब्याट्री प्रयोग भएको भन्दै यसले माइलेज र प्रदर्शनमा ठुलो फरक पार्ने बताए । उनले भने, ‘नेक्सनको गाडीमा पहिले ३० किलोवाटको ब्याट्री थियो भने अहिले ४५ किलोवाटको ब्याट्री थपिएर आएको छ । अन्य गाडीहरूमा पनि अहिले थप सुधार भएको छ ।’

टाटाका कस्टमर केयर सर्भिस हेड रन्दिर कुमार चौधरीले जाडो मौसममा ईभीको प्रदर्शन, सुरक्षा र दक्षता बढाउन क्याम्प राखिखएको भन्दै यसले ग्राहकलाई सहजता र लाभ दिएको दाबी गरे ।
टाटाको यो सर्भिस क्याम्प काठमाडौंसहित मुख्य शहरहरुमा राखिएको छ । यस्तो क्याम्प काठमाडौं, पोखरा इटहरी, चितवन, भैरवामा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया