बर्दिया घटनाको छानबिन गर्न समिति गठन

लोकपथ
175
Shares

काठमाडौं । गृह मन्त्रालयले बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषयलाई लिएर छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । 

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । 

मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

घटनाको सत्यतथ्य बुझ्न भन्दै प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?