‘निर्वाचनको मिति सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो’

लोकपथ
105
Shares

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य भएको बताएका छन् ।

आइबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६औँ वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले वर्तमान सरकारले तीन प्रमुख दायित्व पूरा गर्नुपर्ने र तीमध्ये एउटा निर्वाचन नै भएको बताए । 

उनले भने, ‘निर्वाचनको मिति सार्नु मुलुकलाई अनिश्चिततामा धकेल्नु भएको जस्तै रहेको छ र यसले युवामा निराशा बढाउने बताउँदै संविधान अनुसार समयमा निर्वाचन गर्नु सरकारको जिम्मेवारी रहेको स्पष्ट पारे ।

खनालले जेनजी आन्दोलनको उद्देश्य आर्थिक समृद्धि नभई भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नु रहेको बताए । 

उनका अनुसार आन्दोलनका मुख्य मागहरू भ्रष्टाचारको अन्त्य र नागरिकले सरकारी सेवाहरू सहज रूपमा पाउन सक्नु थियो । ‘मुलुक अहिले परिवर्तनको संघारमा छ, तर परिवर्तन अझै पूर्णरूपमा सम्पन्न भएको छैन। त्यसका तरंगहरू अझै बाँकी छन्, जसले गलत दिशामा नपुर्‍याओस् भन्ने हाम्रो प्रयास हुनु आवश्यक छ, ‘उनले भने।

अर्थमन्त्री खनालले सरकार र नागरिक समाजको जिम्मेवारीसँगै पत्रकार समुदायले पनि निर्वाचनको समयमा दबाब र आवाज उठाउनु आवश्यक रहेको बताए। उनले थपे, ‘निर्वाचनको मिति सार्नु अनिश्चिततामा लैजानु हो, जसले युवालाई निराश बनाउँछ । निराश मानिसको व्यवहार र क्रियाकलापमा असर पर्छ, र त्यसको परिणाम हामीले देखिरहेका छौँ ।’

उनले समाजमा रहेका गलत क्रियाकलापलाई नियन्त्रण गर्नु पनि वर्तमान सरकारको दायित्व भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?