मधेस प्रदेशका मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने, आज शपथ

लोकपथ
231
Shares

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले त्यस दिन विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले बताए ।

उनी यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी पनि गरिरहेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको तयारी छ । 

कांग्रेस संसदीय दलका नेता यादव ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । 

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?