काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्माले गृहजिल्ला रुकुम पश्चिम पुग्नेबित्तिकै विरोधको सामना गर्नुपरेको छ ।
आज बिहान नेपाल एयरलाइन्सको जहाजमार्फत खलंगा विमानस्थल पुगेका सोही जिल्लाका विघटित प्रतिनिधिसभा सदस्य शर्मालाई विमानस्थलबाट बाहिरिँदा केही युवाले सडक किनारमै उभिएर कालो झन्डा देखाउँदै विरोध जनाएका थिए ।
विरोधलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो । अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा कडा निगरानी गरेको जनाइएको छ ।
शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीले आज आयोजना गरेको युवा भेलामा सहभागी हुन रुकुम पश्चिम पुगेका हुन् । उनले आज पार्टीको नयाँ जिल्ला कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया