काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चर्को व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा आज बिहान पोस्ट गर्दै शिक्षामन्त्री पुनले ‘कुटी’ को डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को मागसमेत गरेका छन् । उनले ‘घोर बेइज्जती’ काम भएको भन्दै इन्जिनियरलाई ‘मानहानिको मुद्दा’ लगाउनुपर्ने पनि धारणा राखेका छन् ।
उनले हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउनु भन्दा इन्जिनियरले ‘यत्रो ठूलो दरबारको नक्सा’ बनाइदिएको भन्दै कटाक्ष गरेका हुन् । उनले यसलाई ‘कहाँसम्मको लापरबाही’ भन्दै प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया