भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवाद : झलनाथ खनाल

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले विदेशतिर पलायन भएका युवालाई स्वदेश फर्काउन सक्षम, शक्तिशाली कम्युनिष्ट पार्टी आवश्यक रहेको तर्क प्रस्तुत गरेका छन् ।

पार्टी कार्यक्रममा बोल्दै उनले देशैभर फैलिएको भ्रष्टाचार र बेरोजगारी नै युवामाथिको सबैभन्दा ठूलो बोझ भएको उल्लेख गरे ।

 उनले भने, ‘देशमा शिरदेखि तीरसम्म भ्रष्टाचार छ, भ्रष्टाचारीहरूले राज्यलाई डसिरहेका छन् ।’ उनका अनुसार यस्तो स्थिति अन्त्य गर्न सक्षम प्रणाली समाजवाद हो, जसले रुपान्तरणको आधारलाई मजबुत बनाउँछ ।

 रोजगारीको अवसर अभावकै कारण १८ देखि ४० वर्ष उमेर समूहका लाखौँ युवाहरू खाडी मुलुकतर्फ जान बाध्य रहेको भन्दै उनले भने, ‘बेरोजगारी घटाइ स्वदेशमै कामका अवसर सिर्जना गर्न सके मात्र उनीहरूलाई फर्काउन सकिन्छ ।’

 उनका अनुसार  युवा शक्ति स्वदेशमै राख्ने लक्ष्य पूरा गर्न एकीकृत र शक्तिशाली कम्युनिष्ट पार्टी अपरिहार्य छ । 

उनीले आगामी दिनमा देशमा रोजगारी सिर्जना, आर्थिक स्थिरता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?