आज मधेशमा मुख्यमन्त्रीको शपथ

लोकपथ
112
Shares

काठमाडौं । मधेश प्रदेशमा सरकार गठनका विषयमा दलहरूबिच लामो छलफलपछि अन्ततः सहमति बनेपछि मुख्यमन्त्री कृष्ण यादवले आज शपथ ग्रहण गर्ने भएका छन् । 

शनिबार राति अबेरसम्म चलेको बैठकले मन्त्रालयहरूको भागवण्डामाथि टुंगो लगाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।

सहमति अनुसार जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउनेछ। त्यस्तै, नेकपा एससहित समाहित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि तीन मन्त्रालय प्राप्त गर्ने भएको छ । मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा रहेको नेपाली कांग्रेसले दुई मन्त्रालय नेतृत्व गर्नेछ ।

यस्तै, जनमत पार्टीले पनि दुई मन्त्रालय पाउने सहमति भएको छ । मुख्यमन्त्रीमा विश्वासको मत नपाएको अवस्थामा रहेका लोसपा नेपाललाई समेत दुई मन्त्रालय प्रदान गर्ने निर्णय बैठकले गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?