विपदमा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौँ : चिरिबाबु महर्जन

लोकपथ
63
Shares

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटको बेला पनि महानगरपालिकाले आफ्ना दायित्वहरूबाट पछि नहटेको दाबी गरेका छन् ।

शनिबार नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै मेयर महर्जनले जेनजी आन्दोलनको समयमा समेत आगलागी र अन्य विपद् व्यवस्थापनका काममा महानगरपालिकाले ठुलो सफलता हासिल गरेको बताए । उनले विपद् व्यवस्थापनका लागि आवश्यक सबै उपकरण र सेवा एउटै छानामुनि व्यवस्थित गरिएको जानकारी समेत दिए ।

मेयर महर्जनका अनुसार, ‘ललितपुर महानगरपालिकाले डिआरआर एउटै छानामुनि व्यवस्थित गरेको छ । दमकल, एम्बुलेन्स, शवबाहन, नगर प्रहरी लगायतका सबै आवश्यक उपकरण त्यहाँ उपलब्ध छन् । दमकल निस्केपछि एम्बुलेन्सले फलो गर्ने प्रणाली पनि हामीले लागू गरेका छौँ । यस प्रणालीले अस्तिको आन्दोलनमा पनि उत्कृष्ट नतिजा दिएको छ। महानगरपालिकाले कुनै अवस्थामा पनि आफ्नो जिम्मेवारीबाट पछि हटेको छैन ।’

साथै उनले निकट भविष्यमै दुई वटा नयाँ एम्बुलेन्स र दमकल थप गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

मेयर महर्जनले ललितपुरलाई स्मार्ट सिटीमा रूपान्तरण गर्ने काममा पनि महानगरपालिकाले तीव्रता लिएर अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?