न्यून गुणस्तर भएको भन्दै खजुरीको पफमाथि विभागको कारबाही

लोकपथ
133
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले खजुरीको पफमाथि कारबाही गरेको छ ।

खजुरिको नेपाल प्रालिले उत्पादन गर्दै आइरहेको बजारमा चर्चित मानिने खजुरीको पफबारे उपभोक्ताको गुनासो आएपछि विभागले नमुना संकलन गरी परीक्षण गरेको थियो ।

विभागले २०२५ अक्टोबर २८ उत्पादन भइ २०२६ जनवरी २८ मा म्याद सकिने तथा २०२५ नोभेम्बर २७ मा उत्पादन भइ २०२६ फेब्रुअरी २७ मा म्याद सकिने ब्याच राखिएको २ वटा नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरेको थियो । सो क्रममा न्यून गुणस्तरको पाएको विभागले जनाएको छ ।

विभागका अनुसार पफ उत्पादनमा औधोगिक ट्रान्स फ्याक्टको अधिकतम सीमा २ प्रतिशत भन्दा नबढेको हुनुपर्ने थियो । तर नमुना परीक्षणमा त्यसको सीमा सो भन्दा बढी पाइएको भन्दै ती ब्याचका पफहरुलाई बजारबाट फिर्ता गरी बिक्री-वितरण नगर्न समेत विभागले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?