काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले कांग्रेस प्रदेश संसदीय दलका नेता यादवलाई शुक्रबार अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यादवलाई उनको दल नेपाली कांग्रेससहित ७७ सांसदको साथ रहेको छ ।
शुक्रबार ६ दलका ७७ सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
यसअघिका मुख्यमन्त्री नेकपा एमालेका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।
मधेसमा नेपाली कांग्रेसको पहिलो सरकार गठन भएको हो । यसअघि कांग्रेस विभिन्न दलहरुसँग मिलेर सरकारमा सामेल भए पनि सरकारको नेतृत्व गर्ने अवसर पाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया