बालुवाटारमा सर्वपक्षीय बैठक, को-को छन् सहभागी ?

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वपक्षीय बैठक बसेको छ ।

शुक्रबार अपरान्ह (आज) प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक केहीबेरअघिदेखि बसिरहेको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारी, सुरक्षा व्यवस्था र वातावरण छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी थिइन् ।

आजको बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थिति रहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, पुष्पा भुसाल, एमालेबाट महासचिव शंकर पोखरेल, महेश बर्तौला सहभागी छन् । नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश ज्वाला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र सोविता गौतम सहभागी भएका छन् ।

विभिन्न राजनीतिक दलले सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै आलोचना गरेपछि प्रधानमन्त्री कार्कीले भने भेटघाटलाई तीव्रता दिँदै आइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?